२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

पहिरोले ठप्प कालीगण्डकी करिडोर अझै खुलेन



गुल्मी । कालीगण्डकी करिडोर सडक गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ को बरल्बा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सडक अझै सञ्चालनमा आउन सकेको छैन।

सोमबार दिउँसो खसेको चट्टानसहितको पहिरोले सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प बनेको हो। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सोमबार रातिसम्म सडक खुलाउने प्रयास भए पनि लगातार पहिरो खसिरहेकाले काममा अवरोध भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा टोली परिचालन गरेर पहिरो क्षेत्रको अनुगमन गरिरहेको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सडक अवरुद्ध भएपछि यात्रुहरूलाई पर्वत हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। लामो समयसम्म सडक बन्द हुँदा गुल्मीबाट पर्वत, बागलुङ र पोखरातर्फ आवतजावत गर्ने यात्रुहरू थप समस्यामा परेका छन्।

संबन्धित निकायले पहिरो हटाउने कार्यलाई तीव्र बनाउँदै समस्या समाधानमा जुट्नुपर्ने स्थानीयको माग छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको