२२ माघ २०८२, बुधबार । February 4, 2026

पाल्पामा जिप दुर्घटना: दुई जनाको ज्यान गयो, एक घाइते



पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हिजो बेलुका आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनामा जिपधनी बगनासकाली गाउँपालिका–१, गाप्टुङ स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का एकजना अन्दाजी ४५ वर्षीय पुरुषको ज्यान गएको हो। ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा र अर्का व्यक्तिको मिसन अस्पताल, तानसेनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपका चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन्। उनी हाल लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत छन्।

दुर्घटनाको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल