५ असार २०८३, शुक्रबार । June 19, 2026

आजको मौसमः देशभर बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना


३ असार २०८२, मंगलबार  

210
Shares

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीको असर देखिएको छ भने लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र पनि यसको प्रभावमा परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

साथै, देशको पश्चिमी क्षेत्रहरूमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ। मौसम पूर्वानुमान अनुसार आज दिनभर देशभर आकाश बदली रहनेछ। सबै प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

तीनै प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही भू-भागमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले उल्लेख गरेको छ। आज रातिको मौसमसमेत आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आह्वान गरेको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

यात्रु, कृषक तथा जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन मौसमविद्हरूको सुझाव छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा