३ आश्विन २०८३, शनिबार । September 19, 2026

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँखा शिविर सम्पन्न


२ असार २०८२, सोमबार  

27
Shares

काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति समर्पित हुँदै, नेपाल स्काउट अन्तर्गतको नेसनल ओपन स्काउट क्र्यूले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहकार्यमा आयोजना गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सहितको आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत ३ वटा शिविरका ७५ जनाको सफल शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोली द्वारा मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको हो । आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीहरूका लागि यो डा. रुइतको मानवतामा आधारित दृष्टिकोशाली अभियान अन्तर्गत मोतियाविन्दु उपचारमा सहयोग पुर्‍याइरहेको छ भने यो शिविर अत्यन्तै लाभदायक भएको बताइएको छ।

शिविर बाल गीतान्जली स्कूल, अल्पाइन एकेडेमी र त्रिकोण पब्लिक माध्यमिक विद्यालयको सहकार्यमा स्काउटहरूको सक्रियता र समर्पणका कारण सफल भएको हो। नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका अध्यक्ष एवम् बाल गीतांजली स्कूलका प्रिन्सिपल महेन्द्र राज घिमिरेले भन्नु भयो “सेवा भावनाले नै राष्ट्र निर्माणमा टेवा पुग्छ।स्काउटहरूले जुन समर्पण देखाए, त्यसले हामी सबैलाई गर्वित बनाएको छ।”

अल्पाइन एकेडेमीका प्रिन्सिपल श्रीराम पोखरेल भन्नुहुन्छ, “विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गराउने यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक छन्। हामी निरन्तर यस्ता सेवामा लाग्नेछौं।” त्रिकोण पब्लिक माध्यमिक विद्यालयका प्रिन्सिपल जित बहादुर बस्नेतले बताउनु भयो,“शिविरमा सहभागी गराउन पाउनु हाम्रो लागि अवसर हो। विद्यार्थीहरूले व्यावहारिक ज्ञानको अनुभव र सामाजिक सेवाको महत्व बुझ्ने प्लेटफर्मका रूपमा यस्ता कार्यक्रम अतुलनीय हुन्छन्।”

कार्यक्रमका समन्वयक, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक तथा नेसनल ओपन स्काउट क्र्यूका संस्थापक विदुर गिरीले भने,“शिविरको सफलतामा सबैको संयुक्त प्रयास छ ! स्काउटहरू, विद्यालयहरू, शिक्षकशिक्षिकाहरु, चिकित्सकहरू र सेवाग्राहीहरूको विश्वास। “मानव सेवा नै हाम्रो धर्म हो” भन्ने भावनाबाट प्रेरित भएर हामी सबै अघि बढिरहेका छौं।”

शल्यक्रियाबाट सेवा पाएका धेरैजसो लाभग्राहीहरूले नेसनल ओपन स्काउट क्र्यू, तीनवटै विद्यालय र सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद प्रकट गरेका छन्। उनीहरूले बिनाअर्थिक भार आँखा उपचार पाउनु भाग्यको कुरा भन्दै आयोजक संस्थाप्रति कृतज्ञता व्यक्त गरे। शिविरमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबै स्काउटहरू, शिक्षकहरू, अभिभावकहरू, विद्यालय परिवार, र तिलगंगा आँखा प्रतिष्ठानलाई विशेष धन्यवाद दिइएको छ।

यस्ता सेवामूलक कार्यले सामाजिक सद्भाव, आपसी सहकार्य, र मानवीयताको नयाँ उदाहरण स्थापित गरेको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली