७ चैत्र २०८२, शनिबार । March 21, 2026

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दे


२ असार २०८२, सोमबार  

9
Shares

काठमाडौं । चावहिलमा रहेको प्रतिष्ठित शैक्षिक संस्था स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भर्खरै प्लस टू सकाएर बसेका र अन्य विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुमा यस्ता प्रकारका अध्ययनमूलक तथा जानकारीमूलक प्रतियोगितामा सहभागी हुने रुचि बढोस् भन्ने उद्देश्यका साथ निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको स्टेरवे एजुकेशनल सर्भिसेजका प्रबन्ध निर्देशक राजी थापाले बताए ।

असार ६ गते शुक्रबार बाट सुरु हुने प्रतियोगिता असार ३२ गते बुधबार सम्म संचालन हुनेछ ।

थापाका अनुसार नेपालभरिका विद्यार्थीहरुबीच Idea, Information and Cooperation Exchange गर्नका लागि निबन्ध प्रतियोगिता आयोजना गरियको छ। पछिल्लो पुस्ताका आम विद्यार्थीहरुलाई बढी भन्दा बढी Creative बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाई छ।

प्रतियोगितामा बढी भन्दा बढी विद्यार्थीहरुको सहभागिता गराउने प्रयास गरियको छ । विद्यार्थीहरुको प्रतिभा उजागर गराउन महत्वपूर्ण भूमिका पुर्याउने भएकाले यस प्रतियोगितामा सहभागी गराउन स्टेरवे एजुकेशनल सर्भिसेजले सम्पूर्ण अभिभावकहरुलाई विशेष आब्हान गरेको छ ।

कुनकुन विधामा लेख्ने निबन्ध ?
स्टेरवे एजुकेशनल सर्भिसेजले आयोजना गरेको निबन्ध प्रतियोगितामा दश वटा विभिन्न फरक फरक विषयमा विद्यार्थीहरुले निबन्ध लेख्न पाउने व्यवस्था मिलाइएको छ ।

Globalization,, सामाजिक संजालको भूमिका, Climate Change, फेक न्यूजले समाजमा पार्ने असर, AI को सामाजिक प्रभाव जस्ता विविध दश वटा विधा प्रतियोगितामा समेटिएका छन् । विद्यार्थीको जीवनमा उपयोगी हुने विभिन्न विषयमा निबन्ध लेख्दा उनीहरुलाई यस बारेमा थप जानकारी हासिल होस् भन्ने प्रतियोगिताको लक्ष्य छ ।

कसरी सहभागी हुने ?

निबन्ध प्रतियोगितामा सहभागी हुनका लागि आवश्यक पर्ने सम्पूर्ण विवरणहरु कन्सल्टेन्सीको फेसबुक पेज Stairway Educational Services मा राखिएको छ । विद्यार्थीहरुले कन्सल्टेन्सीको फेसबुक पेजबाट विस्तृत जानकारी हासिल गर्न सक्नेछन् ।

उत्कृष्ट हुनेलाई पुरस्कार वितरण

निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने संस्थाका प्रबन्ध निर्देशक राजी थापाले जानकारी दिए ।
सहभागी विद्यार्थीहरुबीच परिचयात्मक कार्यक्रम समेत आयोजना गरि उत्कृष्ट हुने विद्यार्थीले रु. १०,००० नगद पुरस्कार पाउनेछन्‌ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो