२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

विश्वकप फुटबलका लागि उरुग्वेको टोली घोषणा



एजेन्सी । नोभेम्बर २६ देखी कतारमा सुरु हुन लागेको कतार विश्वकपका लागि उरुग्वेले २६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

उरुग्वेले टोलीमा भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश समावेश गरेको छ । समूह एच मा रहेको उरुग्वेले २४ नोभेम्बरमा दक्षिण कोरिया, २८ नोभेम्बरमा पोर्चुगल र २ डिसेम्बरमा घानाको सामना गर्नेछ । उरुग्वेको टोलीमा गोलकिपर फर्नान्डो मुसलेरा, सर्जियो रोचेट, सेबास्टियन सोसा रहेका छन् । त्यसैगरि रक्षक रोनाल्ड अरुजो,मार्टिन कारेस, सेबास्टियन कोट्स, जस जिमिनेज, डिएगो गोडिन, माटियास ओलिभियरा, जस लुइस रोर्डिग्वेज, ग्युलेर्मो भारेला,माटियास विना समावेश छन् ।

मिडफिल्डर जर्जियान डी आरास्केट, रोर्डिगो बेटानकुर, निकोलस डी ला क्रुज, लुकास टोरिरा, म्यानुअल गार्टे, फेर्डिको भाल्भार्डे, माटियास भिनिसियो छन् भने स्ट्राइकरमा अगस्टिन कानाबायो, इडिसन काभानी, म्याक्सि गोमेज, डार्विन नुनेज, फाकुन्डो पिलेस्ट्रि,लुइस स्वारेज, फाकुडो टोरेस लाई समेटेर २६ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप