५ असार २०८३, शुक्रबार । June 19, 2026

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना


२ असार २०८२, सोमबार  

75
Shares

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही स्थानहरूमा पश्चिमी वायु तथा स्थानीय वायुले समेत प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी वायुले असर पुर्‍याएको छ भने देशको पश्चिम भू-भागमा आंशिक रूपमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबारको मौसम पूर्वानुमान अनुसार, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि अत्यधिक भारी वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ।

औसतभन्दा बढी वर्षाको अनुमान

विभागले यो वर्षको मनसुन अवधिमा देशभर सामान्यभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको जनाइएको छ।

जोखिम न्यूनीकरण तयारीमा सरकार

मनसुनसँगै बाढी, पहिरो, डुबान र चट्याङजस्ता प्राकृतिक विपद्को जोखिम उच्च हुने भएकाले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ लागू भइसकेको छ। उक्त कार्ययोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजनमा तयार गरिएको हो। प्राधिकरणका अनुसार यस वर्षको मनसुनमा करिब १९ लाख ९७ हजारभन्दा बढी जनसंख्या सम्भावित विपद्बाट प्रभावित हुनसक्ने आँकलन गरिएको छ।

कार्ययोजना संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका सरकारी निकायहरू, सुरक्षा संयन्त्र र सरोकारवालामाझ परिस्कृत रूपमा पठाइएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा