८ चैत्र २०८२, आइतबार । March 22, 2026

टी-२०आई सिरिजः विश्व च्याम्पियन वेस्ट इन्डिजसँग भिड्ने तयारीमा नेपाल


३१ जेष्ठ २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा एक नयाँ अध्याय थपिँदैछ।

नेपालले पहिलोपटक दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा तीन खेलको टी–२० श्रृंखला आयोजना हुने जानकारी दिएको हो।

यो ऐतिहासिक सिरिज २०२५ सेप्टेम्बर २७, २८ र ३० तारिखमा सम्पन्न हुने तय भएको छ। क्यानको वार्षिक कार्यतालिकाअनुसार टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने योजनाअन्तर्गत यो प्रतिस्पर्धा तय गरिएको हो। क्यानले यस अवसरलाई नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई, आगामी टी–२० विश्वकप एसिया छनोटको तयारीका हिसाबले पनि निकै महत्वपूर्ण बताएको छ।

एसिया छनोट अक्टोबरमा ओमानमा हुने कार्यक्रम रहेको छ, जसमा नेपाल सहभागी हुने तयारीमा छ। यस ऐतिहासिक सिरिजलाई सफल बनाउन वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डसँगको सहकार्यप्रति क्यानले आभार व्यक्त गरेको छ।

गौरतलब छ, वेस्ट इन्डिजको ‘ए’ टोली अघिल्लो वर्ष नेपालमै आएर टी–२० श्रृंखला खेलेको थियो। तर यो पटकको भिडन्त पूर्ण अन्तर्राष्ट्रिय स्तरको हुनेछ।

खेल तालिका:

  • पहिलो खेल: २७ सेप्टेम्बर २०२५
  • दोस्रो खेल: २८ सेप्टेम्बर २०२५
  • तेस्रो खेल: ३० सेप्टेम्बर २०२५

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो