२३ बैशाख २०८३, बुधबार । May 6, 2026

एयर इण्डिया दुर्घटनाः हालसम्म १ सय जनाको शव निकालियो


३० जेष्ठ २०८२, बिहिबार  

249
Shares

काठमाडौं । अहमदाबादबाट लण्डनको गेटविकतर्फ उडेको एयर इन्डियाको बोइङ–७८७ ड्रीमलाइनर विमान उडान भरेको दुई मिनेटमै दुर्घटनाग्रस्त हुँदा भीषण मानवीय क्षति भएको छ।

प्रारम्भिक रिपोर्ट अनुसार हालसम्म दुर्घटनास्थलबाट करिब १०० जनाको शव उद्धार गरिएको छ। विमानमा १० चालक दलसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडाली नागरिक थिए। विमानमा भारतका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमान दुर्घटनापछि ठुलो आगलागी भएको थियो, जसले गर्दा सम्पूर्ण जहाज खरानीमा परिणत भएको छ। अत्यधिक जलेका शवहरू पहिचान गर्न कठिन भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

दुर्घटनास्थलमा अहिले पनि उद्धार तथा राहत कार्य जारी छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उड्यनमन्त्री राममोहन नायडू दिल्लीबाट अहमदाबादतर्फ प्रस्थान गरिसकेका छन्।

विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। विस्तृत अनुसन्धान सुरु गरिएको जनाइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट