४ असार २०८३, बिहिबार । June 18, 2026

आशाको देशबाट आँसुका धारा बगाउँदै फर्किए ३७ नेपाली


२६ जेष्ठ २०८२, सोमबार  

192
Shares

काठमाडौं । अमेरिका सरकारले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ३७ जना नेपालीलाई डिपोर्ट गरी आइतबार राति चार्टर्ड विमानमार्फत काठमाडौं पठाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ती नेपालीहरु स्वदेश फर्किएका हुन्। उक्त समूहमा ३२ जना पुरुष र ५ जना महिला रहेका छन्। उनीहरु भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसोबास गरिरहेकाले वा कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा नियन्त्रणमा लिइएका थिए।

सत्तामा आएदेखि आप्रवासी नीति कडा बनाउँदै आएको अमेरिकी प्रशासनले विशेष गरी गैरकानुनी आप्रवासीहरूमाथि निगरानी बढाएको छ। भिसा उल्लंघन, आपराधिक गतिविधिमा संलग्नता वा अन्य कानुनी त्रुटिका आधारमा अमेरिका यस्ता व्यक्तिहरूलाई स्वदेश फर्काइरहेको छ।

यसपटकको डिपोर्ट कार्य अमेरिकी अध्यागमन नीतिको पछिल्लो कडाइको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा