२३ बैशाख २०८३, बुधबार । May 6, 2026

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै


२३ जेष्ठ २०८२, बिहिबार  

27
Shares

काठमाडौं । वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि चर्चित सगरमाथा नेक्स्टले “एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वल्र्ड” शीर्षकमा प्रदर्शनी आयोजना गर्दैछ ।

विश्व वातावरण दिवसको अवसर पारेर बिहिवार साँझ ४ बजे तारागाउँ नेक्स्ट, काठमाडौंमा प्रदर्शनीको उद्घाटन हुनेछ । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्। प्रदर्शनी उद्घाटन पश्चात साँझ नेपाली कलाकार सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति हुनेछ ।

प्रदर्शनीको मूल अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको “प्लानेटरिटी” विचारमा आधारित रहनेछ । जसले मानव जातिलाई प्रकृतिको स्वामी नभई, आपसी सम्बन्धमा गाँसिएको र उत्तरदायी अस्तित्वको रूपमा पुनर्विचार गर्न प्रेरित गर्नेछ । विश्व औसतभन्दा झण्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गरिने छ ।

प्रदर्शनीमा १२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछन्। स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाउने छ ।

उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गर्नेछ । उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ जीवन दिनेछ । मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गर्नेछ ।

त्यस्तै, समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले शहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनि मार्फत प्रतिविम्वित गर्नेछ । अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गर्नेछन् । सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ले पृथ्वीको मौलिक आवाजलाई माटो, शरीर र ध्वनिको माध्यमबाट आह्वान गर्ने रीतिपरक जीवित प्रस्तुति दिनेछ ।

मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ले पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्नेछ । जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियालाई कीराको जनसंख्यामा आएको गिरावटसँग जोडेर डिजिटल रुपमा देखाउनेछ । क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्र देखाउनेछन् ।

सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गरिनेछ । साथै, रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिक मार्फत साउन्ड इन्स्टलेसन मार्फत वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गर्नेछन् ।

अन्य विशेष प्रस्तुतिमा मोनिका उर्सिना जेगर, जोआना मोल, सौर्गङ्गा दर्शनधारीका सिर्जनाहरू समावेश छन् भने सलिल सुवेदीले माटो, ध्वनि र शरीरको माध्यमबाट पृथ्वीसँगको संवेदनात्मक सम्बन्ध जगाउने जीवित रीतिपरक प्रस्तुति दिनेछन् ।

प्रदर्शनीको विशेष पक्ष भनेको यसले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ। यसले कला र चेतनाको संयोगमार्फत दर्शकलाई पृथ्वीप्रतिको सम्बन्ध र जिम्मेवारीबारे सोच्न प्रेरित गर्नेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट