४ श्रावण २०८३, सोमबार । July 21, 2026

विश्वकप लिग २: आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल


२१ जेष्ठ २०८२, बुधबार  

39
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने तय गरिएको छ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड सम्मिलित यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई हराउँदै सशक्त सुरुआत गरेको थियो। विजयी शुरुवातले नेपाली टोलीको मनोबल उच्च बनाएको छ, जसको फाइदा टोलीले आजको खेलमा लिन सक्ने विश्वास गरिएको छ।

शृङ्खला १२ जुनसम्म चल्नेछ र तीनवटै टोलीले एक–अर्काविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेल खेल्नेछन्। नेपालले आजको खेलपछि ८ जुनमा पुनः स्कटल्यान्ड र १० जुनमा नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेल खेल्ने तालिका रहेको छ। हाल लिग २ को अंक तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। अहिलेसम्म १३ खेल खेलेको नेपालले ३ खेलमा मात्र जित निकालेको छ भने २ खेल वर्षाका कारण रद्ध भएका थिए।

यता, लिगको शीर्ष स्थानमा अमेरिका (२० खेलमा १४ जित) रहेको छ। नेदरल्यान्ड्स दोस्रो, ओमान तेस्रो, स्कटल्यान्ड चौथो, क्यानडा पाँचौँ, नामिबिया छैटौँ स्थानमा छन् भने यूएई नेपालसँगै सातौँ स्थानमा छ।

नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा पछिल्लो पटक फेब्रुअरी २०२४ मा त्रिवि क्रिकेट मैदानमा भएको थियो, जहाँ दुबै टोलीले एक–एक खेल जितेर बराबरी गरेका थिए। आजको खेल त्यसको ‘डिसाइडर’ जस्तो बन्ने देखिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर