२२ माघ २०८२, बुधबार । February 5, 2026

पञ्जाबलाई हराउँदै बेंगलुरुले पहिलोपटक जित्यो आईपीएलको उपाधि



काठमाडौं । १८ वर्ष लामो प्रतीक्षा सकिँदै रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि हात पारेको छ।

मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै इतिहास रच्यो। १९१ रनको चुनौती पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा आवश्यक २९ रनको लक्ष्य निकट लागेपनि पूरा हुन सकेन।

शशांक सिंहले आक्रामक खेल प्रदर्शन गर्दै ३० बलमा अविजित ६१ रन बनाए जसमा ३ छक्का र १ चौका समावेश थियो, तर उनको प्रयास नपुगिरहेको सावित भयो। बेंगलुरुका बलरहरु निर्णायक साबित भए। भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिए भने जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट हात पारे।

त्यसअघि टस गुमाएर पहिले ब्याटिङमा उत्रिएको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। विराट कोहलीले सर्वाधिक ४३ रन बनाए भने कप्तान रजत पाटिदारले २६ रनको योगदान दिए। लियाम लिभिङस्टोन (२५), मयंक अग्रवाल र जितेश शर्मा (२४-२४ रन) ले पनि टोलीको स्कोर सशक्त बनाउन मद्दत गरे।

पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसन प्रभावशाली देखिए। दुवैले ३-३ विकेट लिए, भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट झारे।

बेंगलुरु यसअघि तीनपटक (२००९, २०११ र २०१६) फाइनलमा पुगेपनि उपाधि जित्न चुकेको थियो। तर यसपटक टोलीले पुरानो हारको पुनरावृत्ति हुन दिएन र आफ्नो समर्थकहरूको लामो पर्खाइ समाप्त गर्‍यो।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल