४ असार २०८३, बिहिबार । June 18, 2026

सदनको गतिरोध हट्दै: भिजिट भिसा प्रकरणमा छानबिनको सर्तमा विपक्षीको लचकता


२० जेष्ठ २०८२, मंगलबार  

18
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएका विपक्षी दलहरू अब आफ्नो अडानबाट केही पछि हटेका छन्।

१२ जेठदेखि लगातार संसद अवरुद्ध गर्दै आएका ती दलहरू अब प्रतिनिधिसभाको बैठक सञ्चालनमा सहमत भएका छन्। यद्यपि, यसका लागि सरकारले भिजिट भिसासम्बन्धी विवादमा निष्पक्ष छानबिन गर्न तयार हुनुपर्ने सर्त राखिएको छ। गृहमन्त्री रवि लेखकले आफूलाई लागेको आरोप अस्वीकार गर्दै संसदमार्फत आफ्नो धारणा राख्न समय माग्दै आएका थिए।

तर विपक्षीले अहिलेसम्म उनलाई बोल्न दिन अस्वीकार गर्दै आएका थिए। मंगलबार भने, विपक्षी दलहरूले गृहमन्त्रीलाई संसदमा बोल्न दिने निर्णय गरेका छन् — तर त्यसको सर्त भनेको सरकारले छानबिन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनु पर्ने हो। अहिले यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि परिरहेको छ।

१५ जेठमा बजेट सार्वजनिक भइसकेको भए पनि संसद अवरुद्ध रहँदा त्यसको विस्तृत छलफल प्रभावित भएको छ। यही कारण सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न आज बिहान प्रमुख राजनीतिक दलहरूको संयुक्त बैठक बोलाएका थिए। यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता भएको थियो।

सो बैठकमा पनि सत्तापक्षले विपक्षीलाई संसद सञ्चालनमा सहकार्य गर्न आग्रह गरेको थियो।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  २ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा