काठमाडौं । देशका विभिन्न भूभागमा हाल पश्चिमी, स्थानीय तथा मनसुनी वायुले असर देखाइरहेका छन्, जसको प्रभावले मौसममा परिवर्तन भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव बढी देखिएको छ भने पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायु सक्रिय छन्। यस प्रभावका कारण कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ।
सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहन सक्नेछ। विशेषगरी कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ।
अनुमान गरिएको छ। लुम्बिनी प्रदेश लगायतका पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण सडक, हवाई यातायात, स्वास्थ्य र कृषि क्षेत्रमा असर पर्न सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएको छ।







प्रतिक्रिया