३० चैत्र २०८२, सोमबार । April 13, 2026

सडकमा छैनन् सार्वजनिक गाडी ! सहमति कार्यान्वयन कता हरायो ?


२१ जेष्ठ २०८२, मंगलबार  

18
Shares

काठमाडौं । लामो वार्तापछि सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच अन्ततः सहमति भएको छ ।

सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तेस्रो चरणको वार्ताले निर्णायक मोड लिँदै सहमतिमा हस्ताक्षर भएको हो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले पत्रकारहरूसँग कुरा गर्दै भने, “संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगित गर्न पत्राचार गर्ने निर्णय भएको छ।”

उनका अनुसार नियमावली स्थगित भएपछि देशभर सार्वजनिक यातायात सञ्चालनमा आउनेछ । तर, गण्डकी सरकारले नियमावली पूर्ण रूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने चेतावनी उनले पुनः दोहोर्‍याए । सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले पनि गण्डकी सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी निर्देशिका तत्काल स्थगित गर्ने सहमति भएको पुष्टि गरे।

“संघीय कानुन नबनेका कारण प्रदेशले आफ्ना आवश्यकता अनुसार नियम बनाउनु बाध्यता थियो, अब छिट्टै ‘छाता ऐन’ निर्माण प्रक्रिया अघि बढ्नेछ,” उनले भने। यस सहमतिसँगै चार दिनदेखि गण्डकी प्रदेशमा ठप्प पारिएको सार्वजनिक यातायात सेवा र सोमबारदेखि देशभर बन्द गरिएको सेवा सुचारु हुने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने नियमावली जारी गरेपछि देशभरका यातायात व्यवसायीहरू सातबुँदे मागसहित आन्दोलनमा उत्रिएका थिए। अब संघीय सरकारले हस्तक्षेप गरेपछि प्रदेश सरकार नियमावली कार्यान्वयन तत्कालका लागि स्थगन गर्न सहमत भएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व