१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु



काठमाडौं । अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका सार्वजनिक यातायात व्यवसायीसँग सरकार वार्तामा बसेको छ।

गृहमन्त्री रमेश लेखकको पहलमा गृह मन्त्रालयमा सरकारी प्रतिनिधि र आन्दोलनरत व्यवसायीबीच संवाद सुरु भएको हो। यसअघि गण्डकी प्रदेश सरकारले पनि व्यवसायीहरूलाई बारम्बार वार्तामा आउन आह्वान गरेको थियो। तर, व्यवसायीहरू उक्त आग्रहलाई अस्वीकार गर्दै वार्ताबाट टाढा रहेका थिए। यातायात व्यवसायीले देशभर आफ्ना सवारीसाधन ग्यारेज र घरमै थन्क्याएका छन्।

आन्दोलनको प्रभाव देशभर देखिएको छ — कतिपय ठाउँमा छिटपुट सवारी चले पनि अधिकांश सार्वजनिक यातायात ठप्प छन्। काठमाडौं उपत्यकामा समेत यातायात सेवा प्रभावित भएको छ।

सरकार र व्यवसायीबीच जारी वार्ताबाट समाधानको मार्ग खुलेला भन्ने आशा गरिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको