३ आश्विन २०८३, शनिबार । September 19, 2026

भारतमा फेरि कोरोना संकट: दुई दिनमै संक्रमण दर १४ गुणा बढ्यो


१९ जेष्ठ २०८२, सोमबार  

12
Shares

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि तीव्र रूपमा बढ्न थालेको छ।

पछिल्लो दुई दिनमा सक्रिय संक्रमितको संख्या १४ गुणाले वृद्धि भई ३,७८३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी संक्रमित केरला राज्यमा देखिएका छन्, जहाँ हाल १,४०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। २२ मेमा देशभर जम्मा २५७ जना संक्रमित थिए, तर हालको तथ्यांकले कोभिडको जोखिम फेरि चुलिँदै गएको देखाउँछ। पछिल्ला दुई दिनमा २१ जनाको ज्यान गएको छ, जसमध्ये महाराष्ट्र र केरलामा सात–सात जनाको मृत्यु भएको हो।

बेङ्गलुरुमा खोपको तीनवटै डोज (दुवै डोज र बुस्टर) लिएका एक बिरामीको समेत मृत्यु भएको छ, जसले खोप लगाएर पनि भाइरसबाट ज्यान गुमाउनु परेको घटनाले थप चिन्ता बढाएको छ। कोरोना संक्रमण फेरि फैलिन थालेपछि कर्नाटक सरकारले जनतालाई सतर्क रहन आग्रह गरेको छ। सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।

साथै, ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन सुझाव दिइएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली