१ आश्विन २०८३, बिहिबार । September 18, 2026

मौसमी प्रणालीको प्रभावः देशभर बर्षाको सम्भावना


१९ जेष्ठ २०८२, सोमबार  

78
Shares

काठमाडौं । हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी प्रणालीको असर देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी लगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। अन्य अधिकांश भू-भागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको जनाइएको छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँहरूमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले यस्तो मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषिकर्म, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक तयारी गर्न र सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ