२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

टेक्सास कलेजमा नेसनल प्याब्सनको शिक्षक तालिम, ३२७ शिक्षिकाको सहभागिता



काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा टेक्सास कलेज, मित्रनगरमा आज पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ।

तालिममा काठमाडौँका ४० विद्यालयबाट ३२७ जना शिक्षिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणा रहेकी थिइन्। कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, महासचिव प्रताप बहादुर थापा, उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष धर्मराज रेग्मी, टेक्सास कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोक कुमार दाहाल, जिल्ला तथा नगर समिति पदाधिकारीहरू, साथै विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो।

तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिंदै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।

कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको