चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित शिवघाट क्षेत्रमा आज बिहान एक आपतकालीन घटना घट्यो।
नारायणी नदीमा गिट्टी–बालुवा संकलनको क्रममा बाँध अचानक फुटेपछि नदीको बीच भागमा २२ जना कामदार फसेका थिए। उक्त घटनापछि सशस्त्र प्रहरीको उद्धार टोली खटिएर ती सबैलाई सकुशल रुपमा उद्धार गर्न सफल भएको हो। उद्धार कार्य समयमै सुरु भएकाले कुनै मानवीय क्षति भने हुन पाएन।
यद्यपि, घटनास्थलमै रहेको गिट्टी–बालुवा बोक्ने एक टिपर भने नदीमा डुबेको छ। टिपर निकाल्ने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
सञ्चालन भइरहेको नदीजन्य सामग्री उत्खननमा सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै यस विषयमा थप अनुसन्धान हुने जनाइएको छ।







प्रतिक्रिया