७ चैत्र २०८२, शनिबार । March 21, 2026

उपत्यकामा ३८ सय प्रहरी परिचालन, राजावादीहरूलाई जहाँको त्यहीँ रोक्ने तयारी


१६ जेष्ठ २०८२, बिहिबार  

78
Shares

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा काठमाडौं उपत्यकामा विशेष सुरक्षा सतर्कता अपनाइएको छ।

आज बिहानैदेखि उपत्यकामा ३८ सय भन्दा बढी प्रहरी परिचालन गरिएका छन्। सुरक्षा व्यवस्था कडा बनाइएको हो, विशेषगरी राष्ट्रपति रामचन्द्र पौडेलको सैनिक मञ्च, टुँडिखेलमा उपस्थितिका कारण मूल समारोह समितिको कार्यक्रममा उच्च सतर्कता अपनाइएको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार तोकिएका स्थानहरूमा प्रहरी परिचालन भइसकेको छ। जनशक्ति अपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको नेतृत्वमा थप टोली पनि काठमाडौं पठाइएको छ। काठमाडौं उपत्यकामा १ नम्बर, २ नम्बर गण, दंगा तथा पहरा गण, विभिन्न गुल्म र प्रहरी मुख्यालय अन्तर्गतका टोली सडकमा खटिएका छन्। कुल ३८ सय प्रहरी तैनाथ गरिएको प्रहरी स्रोतले जनाएको छ।

राजावादी समर्थकहरूको संभावित प्रदर्शनलाई मध्यनजर गर्दै विशेष रणनीति बनाइएको छ। ललितपुर र भक्तपुरबाट काठमाडौं प्रवेश गर्न चाहने प्रदर्शनकारीहरूलाई स्थानीय प्रहरी युनिटमार्फत नियन्त्रणमा लिने जिम्मा दिइएको छ। राजावादीहरूलाई दिउँसो २ बजेअगाडि जहाँ छन्, त्यहीँ रोक्ने नीति लिइएको छ भने २ बजेपछि मात्र रत्नपार्कस्थित शान्तिबाटिकामा प्रवेश गर्न दिइनेछ।

यद्यपि, निषेधित क्षेत्रहरूमा प्रदर्शन गर्न कडाईका साथ रोक लगाइएको छ। गौशालादेखि तीनकुनेसम्मको क्षेत्रलाई अनौपचारिक रूपमा संवेदनशील मानिएको छ र भिड जम्मा हुन नदिने तयारी गरिएको छ। ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लुभु, लामाटार हुँदै राप्रपाका कार्यकर्ता भक्तपुर भएर कोटेश्वरमा जम्मा हुने तयारीमा छन्। त्यस्तै, चापागाउँ हुँदै जावलाखेल आउने योजनाबारे जानकारी पाएकोले सुरक्षा व्यवस्थाअनुसार प्रहरी परिचालन गरिएको हो।

भक्तपुरबाट आउने प्रदर्शनकारीलाई मनोहरा पुलमै २ बजेसम्म रोक्ने व्यवस्था मिलाइएको छ। एमाले समर्थकहरू बागबजार, पुतलीसडक, सुन्धारा, टेकु, त्रिपुरेश्वर लगायतका स्थानहरूमा जम्मा हुन थालेका छन्। उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश नदिन विशेष टोली तैनाथ गरिएको छ।

प्रहरीले वाटर क्यानन, अश्रुग्यास तथा अन्य भिड नियन्त्रणका उपकरण तयारी अवस्थामा राखेको छ। आजको समग्र सुरक्षाको नेतृत्व काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले सम्हालिरहेका छन्। पछिल्लो समय राजावादी समूहले देखाएको आक्रामक प्रदर्शनलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा बढाइएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार विमानस्थल प्रवेशद्वार (गोल्डेनगेट), आयल निगम डिपो र कोटेश्वरको अवतरण विन्दु उच्च सतर्कतामा राखिएको छ।

गणतन्त्र दिवसको अवसरमा सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न राज्यले उच्च सतर्कता अपनाएको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाबीचको समन्वय, प्रदर्शनकारीप्रतिको सूक्ष्म निगरानी, र आवश्यक सुरक्षा उपकरण तयारी अवस्थामा राखिनु आजको सुरक्षा रणनीतिको मुख्य पक्ष हो।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो