२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

राजावादी प्रदर्शनः काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट निगरानी



काठमाडौं । गणतन्त्रको समर्थन र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै हुने दुई फरक प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बिहीबार हुने यी कार्यक्रमहरूलाई लक्षित गर्दै सुरक्षा तयारी पूरा भएको जानकारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुनःस्थापनाको मागसहितको आन्दोलनको घोषणा गरेको छ भने, अर्कोतर्फ नेकपा एमालेले गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। यि दुई कार्यक्रम एकै दिन परे पनि दुबै पक्ष आमनेसामने नहोस् भन्नका लागि सुरक्षा निकायले विशेष रणनीति बनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार, एमालेले बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म आफ्नो कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ। त्यसपछि राप्रपाको आन्दोलन सुरु हुनेछ। ‘हामी दुवै पक्षको कार्यक्रम सुरक्षितरूपमा सम्पन्न होस् भन्ने चाहन्छौं,’ भण्डारीले बताए, ‘आमने–सामनेको स्थिति आउन नदिन सुरक्षाका सबै निकाय तयार अवस्थामा छन्।’

राप्रपाले रत्नपार्क क्षेत्रमै आन्दोलन गर्ने तयारी गरेको छ। यद्यपि जिल्ला प्रशासनबाट अनुमति नलिए पनि प्रवक्ता मोहन श्रेष्ठका अनुसार, सभा नभइ आन्दोलन मात्र हुने भएकाले अनुमति आवश्यक नपर्ने बताइएको छ। राजावादी समूहले विभिन्न स्थानबाट जुलुससहित दिउँसो १ बजे रत्नपार्कमा भेला हुने कार्यक्रम तय गरेको छ। सम्भावित भिडन्त र अप्रिय घटना रोक्नका लागि भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

साथै, उक्त क्षेत्रमा ड्रोनमार्फत समेत निगरानी राखिने जनाइएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  १० : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको