२३ बैशाख २०८३, बुधबार । May 6, 2026

हृदयन्द्रलाई राजा बनाउने ‘बेबी–किङ’ को प्रस्ताव षड्यन्त्रपूर्णः प्रकाश रायमाझी


१५ जेष्ठ २०८२, बुधबार  

228
Shares

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले ‘बेबी–किङ’ को प्रस्तावित एजेन्डालाई सुनियोजित षड्यन्त्र बताएका छन्।

मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था फर्कने स्थितिमा ज्ञानेन्द्र शाह स्वीकार्य नभए उनका नाति हृदयन्द्र शाहलाई राजाका रूपमा स्वीकार्न सकिने प्रस्ताव अघि सारेका थिए। विगतमै तुहिइसकेको ‘बेबी–किङ’ को एजेन्डालाई फेरि स्थापित गर्ने थापाको यस्तो प्रस्तावलाई देशी विदेशी षड्यन्त्रको संज्ञा दिएका छन्।

राजसंस्थाका नाममा राजनीतिक लाभ उठाउँदै आएका पात्रहरूले ज्ञानेन्द्रलाई बदनाम देखाएर आफू भने पानी माथिको ओभानो बन्न खोजेको रायमाझीको आरोप छ। हृदयन्द्रलाई राजा बनाएर स्वार्थ सिद्ध गर्ने योजना अनुरूप यस्ता प्रचार चलाइएको हुनसक्ने रायमाझी बताउँछन्।

राजावादी खोल ओढेर कमल थापा लगायतका नेताहरू सत्ताधारी कांग्रेस, एमालेसँग बार्गेनिङका लागि नियोजित रूपमा यस्तो प्रचारबाजीमा लागेको तथा राजसंस्थाप्रतिको जनभावनालाई मेटाउने षड्यन्त्र भइरहेको रायमाझीको आरोप छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट