२२ माघ २०८२, बुधबार । February 4, 2026

आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावले गर्दा विशेषगरी पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहँदा तराईका अन्य भूभागमा मौसम प्रायः सफा वा हल्का बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको जनाइएको छ।

हाल मनसुन अरब सागरको मध्य भाग, महाराष्ट्र, मुम्बई, कर्नाटक, बाङ्गलोर, तमिलनाडुको बाँकी क्षेत्र, तेलाङ्गाना, आन्ध्र प्रदेश, पश्चिम-मध्य र उत्तर बङ्गालको खाडीका केही भागहरू हुँदै त्रिपुरा, मणिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, असम र मेघालयसम्म फैलिइसकेको छ। साथै, बङ्गालको खाडी, उत्तरपूर्वी भारत, पश्चिम बङ्गाल र सिक्किमतर्फ पनि मनसुनको क्रमिक विस्तार भइरहेको छ। आज दिउँसो लुम्बिनीसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ। बागमती, गण्डकी र अन्य पहाडी प्रदेशका केही स्थानहरूमा राति चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रहरूमा पनि हिमपातको सम्भावना कायमै रहेको छ।

महाशाखाले यस्तो मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी यात्रा र बाहिरी क्रियाकलाप गर्दा मौसमको पूर्वानुमान हेरेर मात्रै योजना बनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल