५ असार २०८३, शुक्रबार । June 19, 2026

पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


१३ जेष्ठ २०८२, मंगलबार  

45
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय मौसमी प्रणालीको प्रभाव सक्रिय रहेको छ ।

साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले पनि आंशिक प्रभाव पारेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने तराई तथा अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा वा आंशिक बदली हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रका केही स्थान र अन्य केही ठाउँहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ । साथै, उच्च पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने उल्लेख गरिएको छ । आज रातिको मौसम पनि यस्तै रहने संकेत गरिएको छ ।

मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा वा आंशिक बदली रहनेछ । यी क्षेत्रका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ । उच्च हिमाली क्षेत्रका केही स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना यथावत् छ ।

सावधानीका लागि, यी सम्भावित मौसमी परिवर्तनहरूलाई ध्यानमा राख्दै यात्रा तथा दैनिक क्रियाकलाप गर्दा आवश्यक सतर्कता अपनाउनु उपयुक्त हुनेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा