६ बैशाख २०८३, आइतबार । April 19, 2026

अख्तियारको कार्यप्रति नेपाल बार एशोसिएशनको असन्तुष्टि


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलनमार्फत अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्‍याएको बताएको छ ।

एशोसिएशनले बिहीवार पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंगलवार विशेष अदातलले फैसला गरेका मुद्दाहरुको पुनरावेदनका लागि सर्वोच्चमा गएको विषयमा जानकारी दिन गरेको पत्रकारसम्मेलनमार्फत न्यायिक स्वतन्त्रतामा आघात पर्‍याएको बताएको हो ।

आयोगले गत मंगलवार ‘चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका मुद्दाहरुमा आयोगको चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम’ राखेको थियो सो कार्यक्रममार्फत विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी गराइएको थियो । बार एशोसिएशनका कार्यबाहक अध्यक्ष हर्कबहादुर रावलले आयोगले न्यायालयप्रति आक्षेप लाग्ने भाषा र शैलीको प्रयोग गरेर पत्रकार सम्मेलन गरेको बताए ।

कार्यवाहक अध्यक्ष रावलले आयोगले संविधान र कानूनले निर्दिष्ट गरेको प्रक्रिया अनुरुप सम्बन्धित निकायमार्फत न्यायिक निरुपण गर्न सकिने विषयलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको बताए । उनले न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जनसक्ने भाषा शैलीको प्रयोग भएकाले त्यसलाई उचित मान्न नसकिने उनको भनाई थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित