१ आश्विन २०८३, बिहिबार । September 18, 2026

वित्तीय साक्षरतामा केन्द्रित वक्तृत्वकला प्रतियोगिता सम्पन्न, रिलायन्सकी दिपसिका क्षेत्री प्रथम


१२ जेष्ठ २०८२, सोमबार  

36
Shares

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो १३औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको ‘वित्तीय साक्षरताः आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २६ भित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीबिच सम्पन्न प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दिपसिका क्षेत्री प्रथम भएकी छिन्। अल्फा स्कुलकी रोजिना पुरी दोस्रो तथा सोही स्कुलकै प्रसंसा शर्मा तेस्रो स्थानमा रहे। विजयी विद्यार्थीहरूलाई ग्लोबल आइएमई लघुवित्तका केन्द्रीय नायव कार्यकारी अधिकृत श्रीराम पौडेल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरीकृष्ण जोशीले पुरस्कार प्रदान गरे।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा तथा अध्यक्षता संस्था स्वयंले गरेका थिए। प्रतियोगिताको उद्देश्य वित्तीय साक्षरताको महत्वलाई विद्यालयस्तरसम्म पुर्‍याउने रहेको आयोजकले जनाएका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ