२८ मंसिर २०८२, शनिबार । December 13, 2025

आजको मौसमः कहाँ-कहाँ छ बर्षा र हिमपातको सम्भावना ?



काठमाडौं । हाल देशभरि मौसममा विभिन्न प्रणालीको प्रभाव देखिएको छ।

पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावाले हालको मौसमी गतिविधिमा योगदान दिइरहेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था छ। अन्य अधिकांश भागमा मौसम प्रायः सफा देखिएको छ भने कतै–कतै आंशिक बदली पनि देखिएको छ।

कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा हाल चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि कोशी, मधेश, बागमती प्रदेश तथा देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी र मधेश प्रदेशसँगै देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ।

यी क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्हarूले जनाएका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले