२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर


६ जेष्ठ २०८२, मंगलबार  

75
Shares

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा मंगलबार दिउँसो एक यात्रुवाहक विङ्गर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

दुर्घटना दिउँसो करिब १ बजे भएको हो। चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर ब्रेक फेल भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भाग्यवश, गाडी तल खस्दा सल्लाको रुखमा अड्किएर अझ ठूलो दुर्घटना हुनबाट जोगिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गाडीका चालकसहित १४ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाको विस्तृत विवरण र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यात्रुको सुरक्षाका लागि सडक सुरक्षासम्बन्धी सतर्कता आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ३ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ