काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।
बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ अनुसार सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका संसदको आजको बैठकमा समावेश गरिएको हो। साथै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ बैठकमा प्रस्तुत गर्नेछन्।
संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार सो प्रतिवेदन प्रस्तुत गर्ने कार्य पनि सम्भावित कार्यसूचीमा समावेश छ। त्यस्तै, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
आजको बैठक विभिन्न महत्वपूर्ण विषयमा छलफल र निर्णयको अपेक्षा गरिएको संसद सचिवालयले जनाएको छ।







प्रतिक्रिया