२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

खड्गी समाजद्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक


४ जेष्ठ २०८२, आइतबार  

6
Shares

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिको आयोजनामा “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक गरिएको छ।

क्षेत्रपाटी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो। काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सांसद श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजा भन्दै यसको संरक्षणका लागि आफू निरन्तर साथ रहने बताए। “यो बाजा अनुशासनमा बजाइने, नियममा आधारित, इतिहास बोकेको बाजा हो,” उनले भने, “म यसको संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध छु।”

अन्य अतिथिहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षण भन्दै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिका अध्यक्ष सुभाष शाहीले गरेका थिए। उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरणको उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए।

कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरू वर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ