१० श्रावण २०८३, आइतबार । July 26, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा


३१ बैशाख २०८२, बुधबार  

12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ।

लामिछानेको रिटमाथि सुनुवाइका लागि न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलास तोकिएको थियो। सो इजलासमा पूर्वडीआईजी छविलाल जोशीले सहकारी ठगीसम्बन्धी उजुरीका सन्दर्भमा नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका दुईवटा अन्य रिटसमेत राखिएको थियो।

तर, तीनवटै रिट बुधबारको इजलासमा ‘हेर्न मिल्ने कि नमिल्ने’ भन्ने विषयमा प्रारम्भिक सुनुवाइ भए पनि अन्ततः सबै रिट ‘हेर्न नमिल्ने’ सूचीमा पठाइएको सर्वोच्च स्रोतले जनाएको छ। रवि लामिछानेलाई गैरकानुनीरुपमा थुनामा राखिएको आरोप लगाउँदै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

यस विषयमा अझै पनि स्पष्ट न्यायिक निर्णय आउन बाँकी छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर