१ आश्विन २०८३, बिहिबार । September 18, 2026

देशभरि मौसममा फेरबदलः वर्षा, हिमपात र हावाहुरीको सम्भावना


३१ बैशाख २०८२, बुधबार  

201
Shares

काठमाडौं । हाल देशभरि पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसको असरले गण्डकी प्रदेशमा सामान्य बदली देखिएको छ भने अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था छ। गण्डकी प्रदेशका केही स्थानहरूमा र कोशी तथा बागमती प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा देखि आंशिक बदली हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहँदा बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा पनि त्यस्तो अवस्था देखिन सक्नेछ। यसैगरी, उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ। मौसमको यो अवस्थाले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ