४ असार २०८३, बिहिबार । June 18, 2026

काभ्रे प्रि–मनसुन बाढीः बेपत्ता महिलाको अवस्था अझै अज्ञात


३० बैशाख २०८२, मंगलबार  

99
Shares

काठमाडौं । काभ्रे जिल्लामा सोमबार अपराह्न आएको आकस्मिक बाढीले एक महिला बगाएर बेपत्ता बनाएकी छन् भने बीपी राजमार्गको एक भाग पूर्ण अवरुद्ध भएको छ।

पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बाढीले बगाएपछि बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार बेलुकी खोज कार्य असम्भव भएपछि स्थगित गरिएको थियो, तर मंगलबार बिहानदेखि पुनः खोजी कार्य सुरु गरिएको छ।बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्ती क्षेत्रहरूमा भौतिक क्षति पुर्याएको छ।

विशेषगरी रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा अस्थायी डाइभर्सन बगाएपछि बीपी राजमार्ग दुईतर्फी रूपमा ठप्प भएको हो। गत असोजमा आएको बाढीले सडक बगाएपछि ह्युमपाइप प्रयोग गरी अस्थायी बाटो बनाइएको थियो, तर सोही संरचना सोमबार पुनः बाढीले बगाएपछि यातायात अवरुद्ध भएको हो।

प्रहरीका अनुसार आज बिहानैदेखि बाटो मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ। पूर्वबाट काठमाडौंतर्फ आउने सवारीहरूलाई खुर्कोट र नेपालथोकमा रोकिनु परिरहेको छ भने काठमाडौंबाट बाहिरिने गाडीहरूलाई भकुण्डेबेसीमा रोकिएको छ।

स्थानीय प्रशासनले बाढीको असर न्यून पार्न र बेपत्ताको खोजीमा समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा