२८ मंसिर २०८२, शनिबार । December 13, 2025

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल



काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका सबै विमानस्थलहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्।

जम्मु–कश्मीरको पहलगाममा मे ७ मा आतंककारी आक्रमणमा २६ पर्यटकको ज्यान गएपछि भारतले तत्कालै आफ्नो सुरक्षा सतर्कता बढाउँदै ३२ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको थियो। ती विमानस्थलहरू मे १५ को बिहान ५:२९ बजेसम्मका लागि बन्द गरिएका थिए। तर, पछिल्लो चरणमा भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय विमानस्थल प्राधिकरणले सबै विमानस्थलहरू पुनः खोल्ने निर्णय गरेको हो।

प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थलहरू खुला गरिएको जानकारी दिएको छ। साथै, यात्रुहरूलाई उडान तालिका तथा जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ। इन्डिगो एयरलाइन्सले पनि सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानका लागि खोलिएको पुष्टि गरेको छ।

युद्धको सम्भावनाले प्रभावित भएको हवाई सेवा पुनः सञ्चालनमा आएपछि यात्रुहरूलाई राहत मिलेको छ। यससँगै अन्तर्राष्ट्रिय उडान सेवा पनि बिस्तारै सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले