५ असार २०८३, शुक्रबार । June 19, 2026

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन


२९ बैशाख २०८२, सोमबार  

12
Shares

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको पावन दिन।

नेपाललगायत विश्वभरिका बौद्ध धर्मावलम्बीले यो दिन श्रद्धा, भक्ति र उत्साहका साथ मनाउँदैछन्। ई.पू. ५६३ मा कपिलवस्तुस्थित लुम्बिनीको पवित्र भूमिमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतम जन्मिएका थिए। जीवनका दुःखद दृश्यहरू देखेपछि उनी २९ वर्षको उमेरमा राजसी जीवन त्यागी सत्यको खोजीमा निस्किए।

बिहानको उज्यालो जस्तै, ई.पू. ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धगयास्थित बोधिवृक्ष मुनि उनले बोधि प्राप्त गरे। त्यही दिनदेखि उनी ‘गौतम बुद्ध’ बने, जसले मानव जीवनका दुःखहरू अन्त्य गर्ने ‘अष्टाङ्गिक मार्ग’– सम्यक् दृष्टि, सङ्कल्प, वचन, कर्म, आजीविका, व्यायाम, स्मृति र समाधिको ज्ञान दिन थाले।

बुद्धले पहिलोपटक सारनाथको मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई धर्मचक्र प्रवर्तन गरे। त्यसपछि ४५ वर्षसम्म उनले मानवताका लागि धर्म उपदेश दिए र अन्ततः ८० वर्षको उमेरमा ई.पू. ४८३ मा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे। गौतम बुद्धलाई आज ‘शान्तिका अग्रदूत’ र ‘एसियाको तारा’का रूपमा स्मरण गरिन्छ। उनको विचार, दर्शन र शिक्षाले सम्पूर्ण विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश फैलाएको छ।

बुद्धजयन्तीको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। यो परम्परा २०६५ सालको जेठ ८ गतेदेखि सुरु गरिएको हो।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा