१३ श्रावण २०८३, बुधबार । July 29, 2026

आजको मौसमः बर्षा र हावाहुरीको सम्भावना


२९ बैशाख २०८२, सोमबार  

153
Shares

काठमाडौं । अहिले नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायु, र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा देखिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा भइरहेको जनाइएको छ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका तराई भूभागमा हल्का हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

मौसमको यो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर