२१ माघ २०८२, मंगलबार । February 4, 2026

भारत–पाकिस्तान तनावः सीमामा रातभर गोलीबारी, खेलकुद कार्यक्रमहरू प्रभावित



काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव फेरि चुलिएको छ।

अन्तर्राष्ट्रिय सिमानासहित नियन्त्रण रेखामा पनि दुवै देशबीच रातभर गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय पक्षका अनुसार पाकिस्तानले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा जम्मु–कश्मीरको उरी क्षेत्रमा एक भारतीय महिलाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले दाबी गरेका छन्।

भारतले तीन पाकिस्तानी लडाकु विमान-दुई जेएफ–१७, एक एफ–१६—र एउटा जासुसी विमान खसालेको दाबी गरेको छ। यता, पाकिस्तानले भने भारतमा कुनै पनि प्रकारको हवाई आक्रमण नगरेको बताएको छ, यद्यपि भारतका विभिन्न स्थानमा विस्फोटका घटनाहरू भएको पुष्टि गरिएको छ।

यसअघि भारतले मंगलबार राति पाकिस्तानका ९ स्थानमा आक्रमण गरेको थियो, जसमा पाकिस्तानको दाबीअनुसार ३१ जनाको मृत्यु भएको थियो। सीमामा बढ्दो सैन्य तनावको प्रभाव खेलकुदमा पनि परेको छ। धर्मशालामा भइरहेको इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल ११ ओभरसम्म पुग्दा पाकिस्तानतर्फबाट भारतमा आक्रमण भएको खबर फैलिएपछि खेल स्थगित गरियो।

क्षेत्रीय सुरक्षाको कारण धर्मशालामा ब्ल्याकआउटसमेत गरिएको थियो। त्यस्तै, पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू सुरक्षा चुनौतीका कारण पाकिस्तानबाट युएई सरेका छन्। स्थिति तनावपूर्ण बनेपछि अमेरिकाले दुवै मुलुकलाई संयमित हुन र आक्रमण रोक्न अपिल गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रूसले पत्रकार सम्मेलनमार्फत युद्ध समाधान होइन भन्ने कुरा मध्य–पूर्वको अनुभवले प्रमाणित गरिसकेको उल्लेख गर्दै भारत–पाकिस्तान दुवैलाई सैन्य गतिविधि बन्द गर्न आग्रह गरेकी हुन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल