४ आश्विन २०८३, आइतबार । September 20, 2026

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण


२४ बैशाख २०८२, बुधबार  

21
Shares

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव नयाँ उचाइमा पुगेको छ।

मंगलबार राति भारतीय सेनाले पाकिस्तानका नौवटा आतंकवादी अड्डामाथि सटीक आक्रमण गरेको पुष्टि गर्दै यस अपरेसनलाई ‘अपरेसन सिन्दुर’ नाम दिइएको छ। सैन्य कारबाहीसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको पूर्व निर्धारित विदेश भ्रमण स्थगित गरेका छन्।

उनले नर्डिक शिखर सम्मेलनमा भाग लिँदै मे १३ देखि १७ सम्म ती मुलुकहरूको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्यालयले भ्रमण रद्द गर्ने निर्णय लिएको हो। आन्तरिक सुरक्षा र कूटनीतिक संवादलाई प्राथमिकता दिँदै मोदीले विदेश भ्रमण स्थगन गरेका हुन्।

‘अपरेसन सिन्दुर’ नाम दिइएको कारबाहीपछि भारतले स्पष्ट संकेत दिएको छ कि सीमा पार आतंकवादका विरुद्ध कडा र निर्णायक कदम चाल्न कुनै हिचकिचाहट हुनेछैन।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली