२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

युद्ध शुरु भएदेखि गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु


२४ बैशाख २०८२, बुधबार  

9
Shares

एजेन्सी । गाजामा जारी इजरायली आक्रमणले बालबालिकामाथि गम्भीर मानवीय संकट निम्त्याएको छ।

अक्टोबर ७, २०२३ मा सुरु भएको आक्रमणपछि हालसम्म गाजा पट्टीमा १६ हजार २ सय ७८ बालबालिकाहरू मारिएको जानकारी सार्वजनिक गरिएको छ। दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा फिल्ड अस्पतालका निर्देशक डा.मारवान अल–हम्सले यो तथ्य सार्वजनिक गरेका हुन्।

मृत्यु हुने बालबालिकामध्ये ९०८ जना शिशु र ३११ जना नवजात शिशु जन्मिएलगत्तै ज्यान गुमाएका थिए। डा. अल–हम्सका अनुसार मार्चको सुरुमा इजरायलले प्रवेश नाकाहरू बन्द गरेपछि गाजाको मानवीय अवस्था झनै जटिल बन्दै गएको छ। आवश्यक स्वास्थ्य सेवा पूर्ण रूपमा प्रभावित भएका कारण गर्भवती महिला र बालबालिकाहरूको अवस्था चिन्ताजनक बनेको छ। हजारौं बालबालिका उपचार र पोषणको अभावमा एक अपूर्ण खानामै गुजारा गरिरहेका छन्।

इजरायली आक्रमणले गाजाको पूर्वाधार ध्वस्त बनाएको र अन्तर्राष्ट्रिय मानवीय सहायता रोकेको आरोप उनले लगाएका छन्। पिउने पानी, औषधोपचार र खानाको पहुँच अत्यन्तै सिमित छ। इजरायली कारबाही सुरु भएदेखि हालसम्म ५२ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजाली अधिकारीहरूले जनाएका छन्।

मार्च १८ देखि पुनः तीव्र बनेको आक्रमणमा मात्रै झण्डै २५ सय मानिस मारिएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१