१ आश्विन २०८३, बिहिबार । September 18, 2026

इन्टर मिलानको ऐतिहासिक जित : बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा प्रवेश


२४ बैशाख २०८२, बुधबार  

51
Shares

एजेन्सी । इटालियन क्लब इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

गएराति सान सिरोमा सम्पन्न सेमिफाइनल दोस्रो लेगमा इन्टरले स्पेनिस जायन्ट बार्सिलोनामाथि ४–३ को रोमाञ्चक जित हात पार्दै समग्रमा ७–६ गोलको जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो। पहिलो लेग ३–३ को बराबरीमा सकिएपछि दोस्रो लेग निकै निर्णायक बनेको थियो। खेलको २१ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाए भने पहिलो हाफ सकिनुअघि हाकान चाल्हानोग्लुले पेनाल्टीमार्फत गोल थप्दै २–० को सहज स्थिति निर्माण गरे।

तर दोस्रो हाफमा बार्सिलोनाले पुनरागमनको प्रयास गर्‍यो। ५४ औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खाता खोल्दा, ६० औं मिनेटमा ड्यानी ओल्मोले बराबरी गोल गरे। त्यसपछि ८७ औं मिनेटमा राफिन्हाको गोलले बार्सिलोनालाई अग्रता दिलायो। तर इन्टरले हार स्वीकारेन। ९० मिनेटपछि थपिएको इन्जुरी टाइमको तेस्रो मिनेटमा फ्रान्सिस्को अचेर्बीले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए।

अतिरिक्त समयमा ९९ औं मिनेटमा डेविड फ्रातेसीको गोल निर्णायक बन्यो, जसले इन्टरलाई फाइनलमा पुर्‍यायो। अब इन्टरले फाइनलमा आर्सनल र पिएसजीबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ