३ आश्विन २०८३, शनिबार । September 20, 2026

भारत–पाकिस्तान तनाव: सीमावर्ती क्षेत्रमा विद्यालयदेखि एयरस्पेससम्म बन्द


२४ बैशाख २०८२, बुधबार  

15
Shares

एजेन्सी । भारतले पाकिस्तानको भूभागमा गए राति गरेको हवाई आक्रमणसँगै दक्षिण एसियामा फेरि तनाव चुलिएको छ।

आक्रमणपश्चात् भारत र पाकिस्तान दुबै देश उच्च सतर्कतामा पुगेका छन् भने सीमावर्ती क्षेत्रमा सैनिक गतिविधि तीव्र भएको देखिन्छ। भारतीय पक्षले जम्मू–कश्मीर, हरियाणा, र पञ्जाबका विभिन्न क्षेत्रमा एयरस्पेस बन्द गरेको छ भने जम्मू–कश्मीरका विद्यालयहरू समेत अस्थायी रूपमा बन्द गरिएका छन्।

यस्तै, पाकिस्तानले पनि आफ्ना आकाश मार्ग बन्द गरेको छ। यसले गर्दा दुवै देशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानहरू या त डाइभर्ट भएका छन् वा स्थगित। भारतको आक्रमणपछि केही क्षतिग्रस्त संरचनाहरूका दृश्यहरू सार्वजनिक गरिएका छन्। एलओसी (लाइन अफ कन्ट्रोल) आसपास दुवै देशका सेनाबीच गोलीबारी भइरहेको छ। यस क्रममा पाकिस्तानी सेनाको गोली लागेर तीन भारतीय नागरिकको ज्यान गएको भारतीय पक्षले जनाएको छ।

त्यसैगरी, भारतको हवाई आक्रमणमा एक बालिकासहित सात जना पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि पाकिस्तानका प्रधानमन्त्रीले गरेका छन्। पछिल्ला गतिविधिहरूले भारत–पाकिस्तान सम्बन्ध थप संवेदनशील अवस्थामा पुगेको देखिन्छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली