४ बैशाख २०८३, शुक्रबार । April 18, 2026

भारत-पाकिस्तान युद्धः यस्तो छ दुबै देशको दाबी


२४ बैशाख २०८२, बुधबार  

18
Shares

एजेन्सी । भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको भीषण आतंकवादी आक्रमणको १५ दिनपछि प्रतिशोधस्वरूप पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीर (पिओके) मा ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै हवाई हमला गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले मध्यराति ९ वटा आतंकवादी अड्डाहरूमाथि लक्षित आक्रमण गर्दै बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबाद, फैसलाबाद, गुलपुर, भीमबेर, सियालकोट र अहमदपुर शार्कियालगायतका स्थानमा मिसाइल आक्रमण गरेको हो।

पहलगाम आक्रमणको प्रतिशोध

भारतले यो सैन्य कारबाही २२ अप्रिलको पहलगाम आक्रमणको जवाफस्वरूप गरेको हो। सो घटनामा एक नेपाली नागरिकसहित २८ जना तीर्थयात्रीको मृत्यु भएको थियो। अधिकांश हिन्दु पर्यटकको धार्मिक पहिचानका आधारमा हत्या गरिएको दाबी भारतको छ।

भारतीय पक्षको दाबी

न्यूज १८ लगायतका भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्य अड्डाहरूलाई लक्षित गर्दै २४ क्षेप्यास्त्र प्रहार गरेको छ। यस आक्रमणमा कम्तीमा १७ आतंकवादी मारिएको र ६० भन्दा बढी घाइते भएको दाबी गरिएको छ।

भारतीय सेनाले यो आक्रमणमा कुनै पनि पाकिस्तानी सैनिक अड्डा लक्षित नगरेको स्पष्ट पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो अपरेशनलाई युद्धकक्षबाट प्रत्यक्ष निगरानी गरेका थिए। आक्रमणपछि जम्मु, साम्बा, कठुआ, राजौरी र पुछका सबै विद्यालय बन्द गरिएका छन्।

पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानी सेनाले भारतले २४ क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गर्दै, तीमध्ये ८ जना सर्वसाधारणको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ। मृतकमध्ये एक बालक रहेको पुष्टि भएको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतले नागरिक क्षेत्र र मस्जिदहरूलाई निशाना बनाएको आरोप लगाएका छन्। साथै, ५ भारतीय लडाकु विमान खसालेको र केही सैनिकलाई नियन्त्रणमा लिएको दाबी पाकिस्तानको छ।

पाकिस्तानी सरकारी टेलिभिजन ‘पिटिभी न्यूज’ले दुई भारतीय विमान खसेको जनाउँदै भारतीय चेकपोस्टहरू ध्वस्त पारिएको जानकारी दिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित