२२ माघ २०८२, बुधबार । February 4, 2026

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते



धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

शनिबार बिहान करिब १०:१५ बजेतिर धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्ग अन्तर्गत गोठगाउँमा बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त बसको नम्बर १ ख २१७७ रहेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घाइतेमध्ये धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो। अन्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूमध्ये भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक धरान उपमहानगरपालिका–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ का गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुर षडानन्द–११ की कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, साँगुरीगढी–६ की दीर्घमाया राई, इटहरीका आयुष राई, र धनकुटा–६ का धनकुमार विक रहेका छन्।

उद्धार गरिएका घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल धनकुटा लगिएको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल