२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

प्रचण्डको प्रश्नःराष्ट्रिय गौरवका आयोजनालाई किन बेवास्ता ?


२२ बैशाख २०८२, सोमबार  

18
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना किन उपेक्षित गरिए भन्नेप्रति गम्भीर प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले विगतमा सुरु गरिएका सकारात्मक र दीर्घकालीन महत्वका परियोजनाहरुलाई हटाउन खोज्नु आपत्तिजनक भएको धारणा राखे। “देशको समृद्धि र विकासको जग खनेका योजनाहरूलाई बेवास्ता गरेर भ्यू टावर र पानी जहाजजस्ता सतही योजना प्राथमिकतामा राखेर कस्तो समृद्धि ल्याउने हो?” प्रचण्डले प्रश्न गरे।

उनले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा देखा परेका समस्याहरू पहिचान गरेर नयाँ योजना ल्याउन दुई तिहाइको सरकारलाई केले रोक्यो भनेर समेत जिज्ञासा व्यक्त गरे। “कतै यस्ता आयोजना सम्पन्न भएमा माओवादीसहित अन्य विपक्षी दललाई श्रेय जान्छ भन्ने संकीर्ण सोचले त सरकार चलिरहेको छैन?” भन्दै उनले पूर्वाग्रही मानसिकताको आलोचना गरे।

प्रचण्डको भनाइमा, देशको दीर्घकालीन हितका कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा छोड्न नहुने र राष्ट्रिय स्वार्थमाथि संकुचित स्वार्थ हावी हुनु खतरनाक हुने स्पष्ट संकेत गरेका छन्। यो वक्तव्यसँगै उनले समावेशी र दिगो विकासप्रति सरकार गम्भीर हुनुपर्ने सन्देश दिएका छन्।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध