३ आश्विन २०८३, शनिबार । September 20, 2026

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघको प्रतिबद्धता


२१ बैशाख २०८२, आइतबार  

15
Shares

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एक दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

सर्लाहीदेखि पूर्वसम्मका विभिन्न ट्रक व्यवसायी संघसंस्थाका पदाधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको थियो । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कार्यक्रममार्फत सहभागीहरूलाई क्युआर कोडमार्फत ट्रक ट्र्याकिङ, जीपीएस, अनलाइन भुक्तानी प्रणाली, कागजात व्यवस्थापन, ट्रक सञ्चालन, मर्मतसम्भार, ग्राहक सेवा, लोड/अनलोड व्यवस्थापन तथा वास्तविक समय निगरानीका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

उनले हाल देशभर २१ वटा धर्मकाटा सञ्चालनमा रहेको उल्लेख गर्दै सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। डिजिटलाइजेशनपछि ट्रकहरूको ओभरलोड नियन्त्रण, डेटा सुरक्षित राख्ने तथा ढुवानी प्रक्रिया पारदर्शी बनाउने लक्ष्य रहेको उनले बताए। कार्यक्रममा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोडका कारण सडक तथा राष्ट्रिय संरचनामा भइरहेको क्षतिको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्न नियमनकारी निकायको संयोजनमा आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।

महासंघले ट्रक ढुवानीमा देखिँदै आएको सिन्डिकेट अन्त्य गर्न डिजिटल प्रणालीलाई विकल्पका रूपमा अघि सार्दै लोड बोर्ड एप तयार भइसकेको जनाएको छ। साथै, ढुवानी सेवा पारदर्शी बनाउन एक ठाउँबाट अर्को ठाउँमा ट्रक सञ्चालनको सम्पूर्ण प्रक्रिया डिजिटल ट्रयाकिङमार्फत व्यवस्थित गरिने बताइएको छ। महासंघले ट्रक व्यवसायको आधुनिकिकरणका लागि डिजिटल डाटाबेस, स्मार्ट कार्ड प्रणाली, ट्रक रूट नियमन, सवारी पास तथा बिमा प्रणालीलाई पनि अनलाइन प्रणालीमा रुपान्तरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

कार्यक्रमको निष्कर्षमा महासंघले सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै ट्रक यातायातको डिजिटल रुपान्तरणलाई संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली