७ चैत्र २०८२, शनिबार । March 21, 2026

अमेरिकामा विमान दुर्घटना, २ जना मान्छे र एउटा कुकुरको ज्यान गयो


२१ बैशाख २०८२, आइतबार  

30
Shares

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिमी भ्यालीमा शनिबार दिउँसो एक सानो विमान आवासीय क्षेत्रमा खस्दा दुःखद दुर्घटना भएको छ।

विमान दुई घरमाथि खस्दा विमानमा सवार दुई व्यक्तिको ज्यान गएको छ भने एक घर पालुवा कुकुरको पनि मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम CNN ले जनाएको छ। स्थानीय समयअनुसार दिउँसो २:१० बजे भएको यो दुर्घटनापछि सम्बन्धित घरहरूमा आगलागी भएको थियो। यद्यपि, घरभित्र रहेका व्यक्तिहरूलाई समयमै उद्धार गरिएकाले मानवीय क्षति भने थप हुन पाएन।

भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो तत्काल नियन्त्रणमा लिइएको हो। सिमी भ्याली प्रहरीले विमानमा रहेका सबै यात्रु मृत भेटिएको पुष्टि गरेको छ। फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (FAA) का अनुसार दुर्घटनाग्रस्त सिंगल इन्जिन भएको चार सिटे विमान ल्यांकेस्टरको विलियम जे. फक्स एरफिल्डबाट कामारिलो विमानस्थलतर्फ उडेको थियो।

दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो