२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

अमेरिकामा विमान दुर्घटना, २ जना मान्छे र एउटा कुकुरको ज्यान गयो



क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिमी भ्यालीमा शनिबार दिउँसो एक सानो विमान आवासीय क्षेत्रमा खस्दा दुःखद दुर्घटना भएको छ।

विमान दुई घरमाथि खस्दा विमानमा सवार दुई व्यक्तिको ज्यान गएको छ भने एक घर पालुवा कुकुरको पनि मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम CNN ले जनाएको छ। स्थानीय समयअनुसार दिउँसो २:१० बजे भएको यो दुर्घटनापछि सम्बन्धित घरहरूमा आगलागी भएको थियो। यद्यपि, घरभित्र रहेका व्यक्तिहरूलाई समयमै उद्धार गरिएकाले मानवीय क्षति भने थप हुन पाएन।

भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो तत्काल नियन्त्रणमा लिइएको हो। सिमी भ्याली प्रहरीले विमानमा रहेका सबै यात्रु मृत भेटिएको पुष्टि गरेको छ। फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (FAA) का अनुसार दुर्घटनाग्रस्त सिंगल इन्जिन भएको चार सिटे विमान ल्यांकेस्टरको विलियम जे. फक्स एरफिल्डबाट कामारिलो विमानस्थलतर्फ उडेको थियो।

दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको