२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, अटाएनन् कुशल मल्ल


२१ बैशाख २०८२, आइतबार  

312
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जेठ तेस्रो साताबाट स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय तथा टी–२० सिरिजका लागि २५ सदस्यीय खेलाडी समूहलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागी गराएको छ।

क्यानले प्रारम्भिक चरणमा ५३ खेलाडीलाई चार टोली बनाएर अभ्यास गराएको थियो। सो अभ्यासपछि छनोट प्रक्रिया अघि बढाउँदै उत्कृष्ट प्रदर्शन गर्ने २५ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिएको हो। नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग लिग–२ अन्तरगतको ओडीआई तथा टी–२० सिरिज खेल्ने तयारी गरिरहेको छ।

हालको सूचीमा राष्ट्रिय टोलीका नियमित सदस्यहरूका साथै केही युवा खेलाडीलाई स्थान दिइएको छ। तर, पछिल्ला समयमा लयमा कमी देखिएका कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, र सागर ढकालजस्ता अनुभवी खेलाडी भने यसपटक छनोटमा पर्न सकेनन्।

युवराज खत्री, शुभ कंशाकार र किरण ठगुन्नाजस्ता नवप्रवेशीहरूलाई भने मौका दिइएको छ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका २५ खेलाडीहरूः
कप्तानः रोहित पौडेल
अन्य खेलाडीहरूः आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, अर्जुन साउद, बसीर अहमद, दिलीपनाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, शाहव आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिश जीसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंशाकार।

क्यानले बाँकी तयारीलाई तीव्र बनाउँदै आवश्यक तयारी र अभ्यासहरूलाई सुदृढ बनाउने जनाएको छ। सिरिजका लागि अन्तिम टोली बन्द प्रशिक्षणपछि घोषणा गरिनेछ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ