४ असार २०८३, बिहिबार । June 18, 2026

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना


१९ बैशाख २०८२, शुक्रबार  

39
Shares

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति अघि सारेको छ, जसअनुसार अब कृषि उद्यम परियोजनालाई नै धितो राखेर कर्जा उपलब्ध गराइनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेका सरकारका नीति तथा कार्यक्रममा युवाहरुलाई कृषिमा आकर्षित गर्न कृषि उद्यमलाई प्रोत्साहन दिने स्पष्ट गरिएको छ। ‘कृषिमा उद्यम गर्न चाहनेका लागि भूमि, कृषि सामग्री, बीमा, अग्रिम खरिद सम्झौताजस्ता पक्षलाई समेट्दै समग्र बजार इकोसिस्टम निर्माण गरिनेछ,’ राष्ट्रपतिले सम्बोधनमा उल्लेख गरे।

त्यस्तै, कृषि क्षेत्रमा पाइलट परियोजना सञ्चालन गरी उद्यमशीलता प्रवर्द्धन गर्ने र अग्रिम खरिद सम्झौतामार्फत उत्पादनको बजार सुनिश्चित गर्ने नीति समेत सार्वजनिक गरिएको छ।

सरकारको यो कदमले युवा पुस्तालाई आधुनिक र व्यावसायिक कृषितर्फ आकर्षित गर्दै ग्रामीण आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा